सर्लाहीबाट ११६ केजी गाँजा बरामद, कार चालक पक्राउ
शुक्रबार, ११ फागुन २०८०, १० : ४८
_LxjV5V1pSD.jpg)
काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ स्थित नयाँरोड बरहथवा सडक खण्डबाट ११६ केजी गाँजा बरामद गरेको छ । निजी कारमा गाँजा बोकेर हिँडेका कार चालकलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा पूर्वी नवलपरसीको गैँडाकोट नगरपलिका–११ घर भएका ३० वर्षीय सूर्य परियार छन् । बिहीबार सूर्य परियारले चलाएको बागमती प्रदेश–०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँच गर्दा गाँजा फेला परेको एसपी ज्ञवालीले जानकारी दिए ।
सो कार दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु