आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनको आवासीय भवनमा आगलागी हुँदा चारको मृत्यु, १९ जना बेपत्ता

शुक्रबार, ११ फागुन २०८०, १३ : ५०
शुक्रबार, ११ फागुन २०८०

भ्यालेन्सिया । स्पेनको भ्यालेन्सिया सहरमा भयानक आगलागीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ । सहरको एउटा गगनचुम्बी आवासीय भवनमा आगो लागेको आकस्मिक सेवाले बताएको छ । १४ तल्ले भवन आगलागीको चपेटामा आउँदा अन्य भवन समेत आगलागी फैलिएको थियो । अग्नि नियन्त्रकहरूले बार्दलीबाट मानिसहरूको उद्धार गरिरहेका थिए ।

 १९ जना बेपत्ता रहेको आशंका गरिएको छ । घटनामा कम्तीमा ६ अग्नि नियन्त्रक र एक बालक  घाइते भएको बताइएको छ । शक्तिशाली बतासका कारण आगो दन्किएको आशंका गरिएको छ । सर्वसाधारणहरूलाई घटना भएको ठाउँबाट पर बस्न भनिएको छ । 

क्रेनको सहायताले अग्निनियन्त्रकहरूले घरभित्रका कयौँ बासिन्दाहरूको उद्धार गरेका थिए । यस घटनाले स्पेनमा घर बनाउँदा प्रयोग गरिने सामाग्रीहरूबारे प्रश्न उठाएको छ । आगलागी सुरु हुने बित्तिकै दन्दनी बल्न थालेको थियो । १० मिनेटमै आगो सारा घरभरि फैलियो । उक्त, घरको बाहिरी हिस्सामा पोलियूरेथिन  प्रयोग  गरिएको छ ।

 यसलाई आगोले छिट्टै टिप्छ । यो घटनालगत्तै नजिकै एउटा चौरमा अस्थायी अस्पताल बनाएर घाइतेहरूको उपचार सुरु गरिएको थियो । विस्थापितहरूलाई होटेलमा बस्नका लागि अधिकारीहरूले अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप