अम्पायरलाई दुर्व्यवहार गरेपछि निलम्बनमा परे श्रीलङ्काली टोलीका कप्तान
काठमाडौँ । श्रीलङ्काको टी–२० राष्ट्रिय टोलीका कप्तान वानिन्दु हसारंगा निलम्बनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २६ वर्षीय हसारंगालाई निलम्बन गरेको हो ।
खेलका क्रममा आईसीसीको आचारसंहिता विपरीत काम गरेकाले उनीलाई निलम्बन गरिएको समाचारमा जनाइएको छ । हालै सम्पन्न अफगानिस्तानविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा हसारंगाले अम्पायरलाई दुर्व्यवहार गर्दै निर्णयको आलोचना गरेका थिए ।
हसारंगा टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा दोस्रो स्थानमा रहेका खेलाडी पनि हुन् । उनले म्याच फिवापत पाउने रकमको ५० प्रतिशत जरिवाना पनि तिर्नुपर्ने भएको छ । अब लगत्तै खेल्ने प्रतियोगितामा उनले निलम्बन बेहोर्नु पर्नेछ ।
टेस्ट प्रतियोगिता पहिले परेमा उनले एक टेस्ट खेल्न पाउने छैनन् । तर, टेस्टभन्दा अगाडि एकदिवसीय वा टी–२० प्रतियोगिता परेमा उनले दुई खेल खेल्न पाउने छैनन् । सम्भवतः आगामी महिना हुने बंगलादेशविरुद्धको टी–२० क्रिकेट शृङ्खलाका क्रममा उनले अघिल्ला दुई खेल गुमाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण