मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
मिटरब्याज पीडितको आन्दोलन

सरकारले वार्ता टोली गठन गरेकोमा मिटरब्याज पीडितको स्वागत

आइतबार, १३ फागुन २०८०, १५ : ३७
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारले बोलाएको वार्तामा जाने भएका छन् । गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर उनीहरूलाई वार्तामा आउन आग्रह गरेको छ । सोही आधारमा मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न जान तयार भएका हुन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य अजय कार्कीले वार्ता जाने विषयमा छलफल भइरहेको बताए । समितिमा छलफल भएको र वार्ताका लागि टोली गठन गर्ने कार्य भइरहेको उनको भनाइ छ । वार्ता समिति गठन गरेर सरकारसँग वार्ता हुने र त्यसका लागि तयारी भइरहेको बताए ।

समितिमार्फत देशभरका मिटरब्याजी पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका पीडितहरू यतिबेला सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलन गर्दै आएका छन् । 

आन्दोलनका लागि विभिन्न जिल्लाबाट एक हजार जनाको हाराहारीमा पीडितहरू काठमाडौँ आएका हुन् । उनीहरू भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका छन् । उनीहरूले सिंहदरबार मार्च पास गर्नुका साथै विरोध सभा समेत आयोजना गर्दै आएका छन् । उनीहरूको आन्दोलनलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत समर्थन गरेका छन् ।

उनले अविलम्ब उनीहरूका माग सम्बोधन गर्नेगरी उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप