सिरी ए फुटबलमा इन्टर मिलानको शानदार जित
काठमाडौँ । इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले शानदार जित निकालेको छ । मिलानले आइतबार राति भएको खेलमा लिचलाई ४–० गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अङ्क थपेको हो ।
शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको युभेन्टसलाई ९ अङ्कले पछि पारेको छ । युभेन्टस भन्दा एक खेल कम खेलेको इन्टरको ६६ अङ्क रहेको छ भने २६ खेलबाट युभेन्टसको ५७ अङ्क रहेको छ ।
आइतबार रातिको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेले खेलको १५ औँ र ५६ औँ मिनेटमा गरेर दुई गोल गरे । यस्तै, डेभाइड फ्राटेसीले ५४ औँ तथा स्टेफन डी भ्रिजले ६७ औँ मिनेटमा एक एक गोल थपेका थिए । इन्टरसँग पराजित भएको लिच भने १४ औँ स्थानमा छ ।
सिरी ए कै अर्को खेलमा दोस्रो स्थानमा रहेको युभेन्टसले फ्रोसनोनमाथि ३–२ को कठिन जित निकाल्दा तेस्रो स्थानको एसी मिलान र पाँचौँ स्थानको एटलान्टाले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । यस्तै, नापोली र काग्लीअरीले पनि बराबरी खेल्दै अङ्क बाँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण