शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरी ए फुटबलमा इन्टर मिलानको शानदार जित

सोमबार, १४ फागुन २०८०, ०८ : १२
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले शानदार जित निकालेको छ । मिलानले आइतबार राति भएको खेलमा लिचलाई ४–० गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अङ्क थपेको हो । 

शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको युभेन्टसलाई ९ अङ्कले पछि पारेको छ । युभेन्टस भन्दा एक खेल कम खेलेको इन्टरको ६६ अङ्क रहेको छ भने २६ खेलबाट युभेन्टसको ५७ अङ्क रहेको छ ।

आइतबार रातिको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेले खेलको १५ औँ र ५६ औँ मिनेटमा गरेर दुई गोल गरे । यस्तै, डेभाइड फ्राटेसीले ५४ औँ तथा स्टेफन डी भ्रिजले ६७ औँ मिनेटमा एक एक गोल थपेका थिए । इन्टरसँग पराजित भएको लिच भने १४ औँ स्थानमा छ ।

सिरी ए कै अर्को खेलमा दोस्रो स्थानमा रहेको युभेन्टसले फ्रोसनोनमाथि  ३–२ को कठिन जित निकाल्दा तेस्रो स्थानको एसी मिलान र पाँचौँ स्थानको एटलान्टाले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । यस्तै, नापोली र काग्लीअरीले पनि बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप