शाहिदलाई अफर गरिएको थियो ‘रंग दे बसन्ती’, भने – फिल्म नगरेकोमा पछुतो छ
मुम्बई । शाहिद कपूरले आफ्नो ४३ औँ जन्मदिन मनाएछन् । यसबिच शाहिदले आफूलाई राकेश ओमप्रकाश मेहराको फिल्म ‘रंग दे बसन्ती’ अफर भएको खुलासा गरेका छन् । तर शाहिदले त्यो फिल्म गर्न सकेनन् । प्रस्ताव अस्वीकार गरेकोमा अभिनेता धेरै पछुताए।
शाहिद बलिउडका सफल अभिनेता मध्येका एक हुन् । शाहिदले आफ्नो करियर ब्याकग्राउन्ड डान्सरबाट सुरु गरेपनि आज उनी ठुलो स्थानमा पुगेका छन् ।
एक अन्तर्वार्ताका क्रममा उनले भने–‘मलाई फिल्म ‘रंग दे बसन्ती’ गर्न नपाएकोमा अफसोस छ । निर्देशकले मलाई फिल्ममा सिद्धार्थको भूमिका निभाओस् भन्ने चाहेका थिए । स्क्रिप्ट पढ्दा म रोएँ र मलाई पनि स्क्रिप्ट धेरै मन पर्यो । तर दुर्भाग्यवश मैले यसको लागि समय पाउन सकिनँ। किनभने म त्यतिबेला २–३ अन्य प्रोजेक्टमा व्यस्त थिएँ । तर, पछि ‘रंग दे बसन्ती’ हेरेपछि मलाई यो फिल्म निकै मन पर्यो ।’
शाहिद हालै फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ मा देखिएका थिए । यो फिल्ममा उनीसँगै कृति सेनन थिइन् । फिल्मको लेखन तथा निर्देशन अमित जोशी र आराधना शाहको जोडीले संयुक्त रूपमा गरेका हुन् । रोबोट र वैज्ञानिकबिचको प्रेममा आधारित यो फिल्मले पनि बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ ।
गत वर्ष, शाहिदले राज र डीकेको क्राइम थ्रिलर शृङ्खला 'फर्जी' मार्फत डिजिटल स्पेसमा प्रवेश गरेका थिए, जुन सबैभन्दा सफल वेब सिरिज मध्ये एक बन्यो। उनी चाँडै नै पूजा हेगडेसँग फिल्म ‘देवा’ मा देखिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण