शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शाहिदलाई अफर गरिएको थियो ‘रंग दे बसन्ती’, भने – फिल्म नगरेकोमा पछुतो छ

सोमबार, १४ फागुन २०८०, १० : ०५
सोमबार, १४ फागुन २०८०

मुम्बई । शाहिद कपूरले आफ्नो ४३ औँ जन्मदिन मनाएछन् । यसबिच शाहिदले आफूलाई राकेश ओमप्रकाश मेहराको फिल्म ‘रंग दे बसन्ती’ अफर भएको खुलासा गरेका छन् । तर शाहिदले त्यो फिल्म गर्न सकेनन् । प्रस्ताव अस्वीकार गरेकोमा अभिनेता धेरै पछुताए।

शाहिद बलिउडका सफल अभिनेता मध्येका एक हुन् । शाहिदले आफ्नो करियर ब्याकग्राउन्ड डान्सरबाट सुरु गरेपनि आज उनी ठुलो स्थानमा पुगेका छन् । 

एक अन्तर्वार्ताका क्रममा उनले भने–‘मलाई फिल्म ‘रंग दे बसन्ती’ गर्न नपाएकोमा अफसोस छ । निर्देशकले मलाई फिल्ममा सिद्धार्थको भूमिका निभाओस् भन्ने चाहेका थिए । स्क्रिप्ट पढ्दा म रोएँ र मलाई पनि स्क्रिप्ट धेरै मन पर्‍यो । तर दुर्भाग्यवश मैले यसको लागि समय पाउन सकिनँ। किनभने म त्यतिबेला २–३ अन्य प्रोजेक्टमा व्यस्त थिएँ । तर, पछि ‘रंग दे बसन्ती’ हेरेपछि मलाई यो फिल्म निकै मन पर्‍यो ।’

शाहिद हालै फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ मा देखिएका थिए । यो फिल्ममा उनीसँगै कृति सेनन थिइन् । फिल्मको लेखन तथा निर्देशन अमित जोशी र आराधना शाहको जोडीले संयुक्त रूपमा गरेका हुन् । रोबोट र वैज्ञानिकबिचको प्रेममा आधारित यो फिल्मले पनि बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ ।

गत वर्ष, शाहिदले राज र डीकेको क्राइम थ्रिलर शृङ्खला 'फर्जी' मार्फत डिजिटल स्पेसमा प्रवेश गरेका थिए, जुन सबैभन्दा सफल वेब सिरिज मध्ये एक बन्यो। उनी चाँडै नै पूजा हेगडेसँग फिल्म ‘देवा’ मा देखिँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप