मकवानपुरमा ४५ किलो चरेससहित ३ जना पक्राउ
बुधबार, १६ फागुन २०८०, ११ : १४
मकवानपुर । भीमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागु औषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-८ आग्रा बस्ने ३० वर्षीय विमल स्याङतान, कैलाश गाउँपालिका-१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भीमफेदी गाउँपालिका-१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् ।
प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौँडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागु औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण