माओवादीले टुङ्ग्यायो कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?
काठमाडौँ । माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको हो । जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन् । केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन् ।
मधेसमा सचिव लीलामणि पोखरेल, सहइन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सहइन्चार्ज चुन्न बाँकी रहेको छ । गण्डकीमा सचिव दीनानाथ शर्मा इन्चार्ज र केन्द्रीय सदस्य हरिराज अधिकारी सहइन्चार्ज, लुम्बिनीमा सचिव चक्रपाणि खनाल इन्चार्ज, स्थायी समिति सदस्य कुलप्रसाद केसी सहइन्चार्ज, कर्णालीमा स्थायी समिति सदस्य कालीप्रसाद मल्ल इन्चार्जको जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज चुन्न बाँकी रहेको छ ।
सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज बनाइएको छ । यस्तै प्रवासतर्फ मध्यपूर्वमा इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल , भारतमा केन्द्रीय सदस्य लक्ष्मण पन्त, युरोप अमेरिकामा सचिव सुरेन्द्रकुमार कार्की रहेका छन् । विशेष प्रदेश समितिमा सचिव हितमान शाक्य रहेका छन् । सहइन्चार्ज स्थायी समिति सदस्य जयपुरी घर्ती रहेकी छिन् । सम्पर्क समन्वयमा सहइन्चार्ज स्थायी समिति सदस्य यशोदा सुवेदी रहेकी छिन् । इन्चार्ज टुंगिन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण