माओवादीको तीन प्रवास प्रदेश समितिमा भुसाल, पन्त र कार्कीलाई इन्चार्जको जिम्मेवारी
बुधबार, १६ फागुन २०८०, १२ : १४
काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन वटा प्रवास प्रदेश समितिमा इन्चार्ज तोकेको छ । माओवादीको गत फागुन १ देखि ३ गतेसम्म राजधानीमा भएको विधान सम्मेलनले प्रवास समितिलाई तीन वटा प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार बुधबार सम्पन्न स्थायी समिति बैठकले इन्चार्जको टुंगो लगाएको हो ।
जसअनुसार प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त तोकिएका छन् भने सहइन्चार्जमा टिबी पाठक चयन भएका छन् ।
यस्तै प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्जमा पम्फा भुसाल चयन हुँदा प्रवास प्रदेश समिति युरोप र अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन भएका छन् ।
यस्तै दुबै प्रदेशको सहइन्चार्ज भने चयन हुन बाँकी रहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण