शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको तीन प्रवास प्रदेश समितिमा भुसाल, पन्त र कार्कीलाई इन्चार्जको जिम्मेवारी

बुधबार, १६ फागुन २०८०, १२ : १४
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन वटा प्रवास प्रदेश समितिमा इन्चार्ज तोकेको छ । माओवादीको गत फागुन १ देखि ३ गतेसम्म राजधानीमा भएको विधान सम्मेलनले प्रवास समितिलाई तीन वटा प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार बुधबार सम्पन्न स्थायी समिति बैठकले इन्चार्जको टुंगो लगाएको हो । 

जसअनुसार प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त तोकिएका छन् भने सहइन्चार्जमा टिबी पाठक चयन भएका छन् । 

यस्तै प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्जमा पम्फा भुसाल चयन हुँदा प्रवास प्रदेश समिति युरोप र  अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन भएका छन् । 

यस्तै दुबै प्रदेशको सहइन्चार्ज भने चयन हुन बाँकी रहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप