मुख्यमन्त्री कप भलिबल : एपिएफ र कोशी विजयी
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागियसहित चार टोली विजयी भएका छन् । आज भएका खेलमा एपिएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन आज पहिलो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई २५–१६, २५–१८ र २५–१८ अङ्कले पराजित गरेको हो ।
दोस्रो खेलमा कोशीले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा हरायो । कोशीले उक्त खेल २५–१९, २५–१९, २१–२५ र २५–२० अङ्कले पराजित गरेको हो । यस्तै विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्यो । पुलिस क्लब उक्त खेलमा २५–१२, २५–१६ र २५–११ अङ्कले विजयी भयो । आजको चौथो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० सोझो सेटमा पराजित गर्यो । गण्डकीले सो खेल २५–१९, २५–१५ र २५–२१ अङ्कले जितेको हो ।
प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतीय हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लब तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी सहभागी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण