सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
फुटपाथ व्यवसायी–नगर प्रहरी झडप

बालेन शाहको निर्देशनमा स्वरोजगार मजदुरमाथि अमानवीय व्यवहार भएको आरोप

बुधबार, १६ फागुन २०८०, २२ : १६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । स्वरोजगार (फुटपाथ) मजदुरहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा आफूहरुमाथि अमानवीय व्यवहार भएको आरोप लगाएका छन् । 

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बुधबार जारी गरेको विज्ञप्तिमा महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले साँझ सवा ८ बजेको समयमा सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर कजदुरहरुलाई नियन्त्रणमा लिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भीर घाइते भइ ट्रमा सेन्टरमा भर्ना भएको र अन्य मजदुरहरु राधिका मैनाली, र बद्री देवकोटा घाइते भएको महासचिव राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै केही मजदुरहरुलाई नियन्त्रणमा लिइ कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ । 

‘साँझको समय कसैलाई असर नपार्ने गरि सडक पेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरुलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरु लुट्ने, सामानहरु फ्याकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउने जस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरुले गरेका अमानविय व्यवहारको भत्सर्ना गर्दछौं, विज्ञप्तिमा भनिएको छ । 

बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो ।  झडपमा नगर प्रहरीका मनोज लामिछानेसहित ५ जना घाइते भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए । 

९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले नै आफूहरुमाथि आक्रमण गरेको उनले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप