स्पेनिस महिला फुटबल टोलीले जित्यो ६ महिनाभित्र दोस्रो ठुलो उपाधि
काठमाडौँ । पहिलो पटक आयोजना गरिएको महिला नेशनल लिग फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले बुधबार राति खेलिएको प्रतिस्पर्धात्मक फाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई २–० गोलले हराउँदै उपाधि चुमेको हो ।
स्पेनले ६ महिनाको बिचमा जितेको यो दोस्रो ठुलो उपाधि हो । यसअघि स्पेनले महिला विश्वकपको उपाधि चुमेको थियो । गत अगस्तमा सम्पन्न महिला विश्वकपको फाइनलमा स्पेनले इङ्गल्यान्डलाई पराजित गरेको थियो ।
फ्रान्सविरुद्धको बुधबार राति सम्पन्न फाइनल खेलमा स्पेनले दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको ३२औँ मिनेटमा स्पेनका लागि आइताना बोनमतीले गोल गरेकी थिइन् । उनी बालन डी’ओर विजेता खेलाडी हुन् ।
निर्धारित समयको ५३औँ मिनेटमा मारियोना कलडेन्टीले स्पेनका लागि दोस्रो गोल थपेकी थिइन् । युरोपेली फुटबल महासंघले पहिलो पटक महिला नेशनल लिगको आयोजना गरेको हो । प्रतियोगितामा जर्मनी तेस्रो र नेदरल्यान्ड्स चौथो भएको छ ।
तेस्रो स्थानका लागि खेलिएको खेलमा जर्मनीले डच टोलीलाई २–० गोलले हराएको थियो । फाइनल खेल सेभियामा खेलिएको थियो । फाइनल खेल हेर्न ३२ हजार ६ सय ५७ दर्शक रंगशालामा उपस्थित भएका थिए । स्पेनमा आयोजित महिला फुटबल प्रतियोगिताको कुनै पनि खेल हेर्न यसअघि यति धेरै सङ्ख्यामा दर्शक रंगशालामा उपस्थित भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण