दुधको भुक्तानी नपाएपछि किसानले गरे प्रदर्शन (तस्बिरहरु)
बुटवल । दुधको मूल्य माग्दै किसानहरुले प्रदर्शन गरेका छन् । बिहीबार बुटवलमा दुग्ध किसानहरुले प्रदर्शन गरेका हुन् । बुटवलस्थित चौराहामा प्रदर्शन गर्न पुगेका किसानलाई प्रहरीले घेराबन्दी गरी प्रदर्शनलाई विफल पारेको थियो ।
किसानले कृषि मन्त्री राजीनामा दे, कृषकलाई दुधको मूल्य भुक्तानी गर, दुधको आयात बन्द गर, बिचौलिया मुर्दावाद लगायतका नारा लगाउँदै किसानहरुले प्रदर्शन गरेका थिए । दुध बिक्रीको रकम भुक्तानी नभएको भन्दै दुग्ध किसानहरु आन्दोलित हुँदै आएका छन् ।
लामो समयसम्म पनि दुधको भुक्तानी नपाएपछि गाई भैँसीलाई दाना खुवाउन, बैङ्कको ब्याज तिर्न र घर खर्च चलाउन कठिन भएको दुग्ध उत्पादन सहकारी संघ रुपन्देहीका उपाध्यक्ष खेम पाण्डेयले बताए । दुधको भुक्तानी नपाएपछि किसानहरुले यही फागुन १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
यसअघि किसानहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । दुग्ध विकास संस्था (डीडीसी) लुम्बिनी प्रदेश कार्यालयले यहाँका किसानहरुको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण