साफ यू–१६ महिला फुटबल शुक्रवारदेखि : भारत र भुटानबिच उद्घाटन खेल
काठमाडौँ । साफ यू–१६ महिला फुटबल प्रतियोगिता शुक्रवारदेखि सुरु हुँदै छ । प्रतियोगिता खेलहरू ललितपुरस्थित च्यासल मैदानमा खेलाइने छ । प्रतियोगिता फागुन २७ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपालसहित चार वटा राष्ट्रको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुन भारत, बङ्गलादेश र भुटानका टोली पनि नेपाल आइसकेका छन् ।
प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको पहिलो खेल भुटान र भारतबिच खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ । दोस्रो खेल शनिवार नेपाल र बंगलादेशबिच खेलिने छ ।
यसैगरी प्रतियोगिताको तेस्रो खेल फागुन २१ गते भुटान र नेपालबिच खेलिने छ । चौथो खेल फागुन २२ गते बङ्गलादेश र भारतबिच खेलिने छ ।
यसैगरी समूहगत चरणको पाँचौँ खेल फागुन २४ गते नेपाल र भारतबिच खेलिने छ । समूहगत चरणको अन्तिम खेल फागुन २५ गते बङ्गलादेश र भुटानबिच खेलिने छ ।
प्रतियोगिताको फाइनल खेल भने फागुन २७ गते खेलिने छ । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै आफ्नो टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा गोलरक्षकका रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली रहेका छन् । स्ट्राइकरमा पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु रहेका छन् ।
डिफेन्डरमा दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो रहेको एन्फाले जनाएको छ ।
मिडफिल्डरमा भने भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ रहेका छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् । प्रतियोगिताको अनुमानित बजेट दुई करोड १२ लाख २० हजार नौ सय रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण