शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

शुक्रबार, १८ फागुन २०८०, १० : ४९
शुक्रबार, १८ फागुन २०८०

ढाका । ढाकाको एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो । आगो पूरै भवनमा फैलिएको अनि दर्जनौँ मानिस यसमा फसेको बताइएको छ ।

अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । बङ्गलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनका अनुसार ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको छ ।  सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ ।

सेनाले अरू दर्जनौँ घाइतेलाई उपचारका लागि त्यहाँ पठाएको बताइएको छ । रेष्टुरा रहेको भवन सात तले थियो । यो भवनमा अन्य रेस्टुरेन्टहरू, कपडा पसल, फोन पसल थिए । आगो लागेपछि मानिसहरू आत्तिएर कोही भवनको माथिल्लो तलातिर चढ्दै थिए । कोही  पाइपबाट तल ओर्लिएका थिए । आत्तिएर कोहीले भर्याङबाट हामफाले कोही झ्यालबाट । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप