माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा
शुक्रबार, १८ फागुन २०८०, १७ : ०६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने बताएकी हुन् । उनले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताइन् । उनले माओवादी केन्द्र राष्ट्रियसभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन् । उनले माओवादीको राष्ट्रियसभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताइन् ।
मन्त्री शर्माले अहिलेको अवस्थामा गठबन्धनमा कुनै खटपट नआएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक