क्यासिनो प्यालेसका निर्देशक ऋषभ पावासहित ३ जनालाई थुनामा पठाउन आदेश

काठमाडौं । दरबारमार्गमा संचालित क्यासिनो प्यालेसका निर्देशक ऋषभ पावासहित ३ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश विनोद खतिवडाले निर्देशक पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरब चोपडालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका हुन् । उनीहरु तिनैजना भारतीय नागरिक हुन् ।
उनीहरुलाई प्रहरीले माघ १८ मा अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनोको अण्डरग्राउण्डबाट पक्राउ गरेको थियो । एटलान्टिक रिक्रियसन प्रालिको नाममा सञ्चालित ‘क्यासिनो प्यालेस’को भूमिगत तलामा उनीहरुले ‘अनलाइन जुवा’ सञ्चालन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उनीहरुविरुद्ध प्रहरीले राष्ट्रबैंक ऐन–२०५८ र अनलाइन जुवा खेलाएको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझएको थियो । क्यासिनो प्यालेसको अण्डर ग्राउण्ड र ललितपुरस्थित ऋषभ बस्दै आएको हाउजिङबाट प्रहरीले ठुलो परिमाणमा अमेरिकी डलरसहित १३ देशको मुद्रा बरामद गरेको छ । १ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ विदेशी मुद्रा र नेपाली नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । बरामद रकममध्ये ५६ हजार ३२२ अमेरिकी डलर छ ।
क्यासिनो प्यालेसका मुख्य सञ्चालक हुन्, जनकपुर घर भएका बिनय शाह । बौद्धस्थित ह्यात रिजेन्सीको क्यासिनो ‘प्राइड इन्टरटेनमेन्ट प्रा.लि’ पनि उनल नै सञ्चालन गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले शाह, भारतीय नागरिक तरुण खट्टर, एटलान्टिक रिक्रियसन प्रा.लि.का अध्यक्ष अशोककुमार क्षेत्रपाल, क्यासिनो सञ्चालक मध्येका बलदेवराज अरोरा, मुकेश गुलाटी, श्रीनिवास पन्दुरांग नायकलाई फरार प्रतिवादी बनाएको छ । विनयभन्दा बाहेक अरु भारतीय नागरिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत