बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सिड्नी तताउन आउँदै फिरोज र एड्रिन प्रधान

बुधबार, ०५ वैशाख २०७५, १९ : ०३
बुधबार, ०५ वैशाख २०७५

अष्ट्रेलिया । नेपालको चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको नाम नसुन्ने वा यो ब्याण्डको संगीतमा नझुम्ने नेपालीहरू कमै होलान । देशदेखि विदेशसम्म आफ्नो गौरवमय उपस्थिति दर्शाएको यो ब्याण्डमा बिचमा केही अवरोधहरू पनि आए । तर पनि यिनीहरुको सांगितिक यात्रा भने रोकिएन ।

यो ब्याण्डका दुर्इ चर्चित प्रतिभा फिरोज स्यादेन र एड्रिन प्रधान पनि निकै समय एकसाथ कार्यक्रममा देखिएनन् । करिब ६ बर्ष यी दुर्इ छुट्टाछुट्टै दर्शक श्रोतामाझ प्रस्तुत भए । यी दुर्इलाई एकसाथ हेर्ने र दुवैलाई स्टेजमा उतार्न धेरैले कोशिस पनि नगरेका होइनन् , तर सफलता भने अष्ट्रेलियामा रहेको सांगितिक कार्यक्रमहरूको आयोजना गर्ने समूहलाई हात लागेको छ । 

यो जोडीलाई अष्ट्रेलिया इभेन्टसको साथमा नमस्ते इन्टरटेनमेन्ट र रोटेपिङ इन्टरटेनमेन्टले प्रस्तुत गर्न लागेको हो । यो जोडी ६ बर्षपछि एक साथ देखा पर्न लागेको हो । यो द ओर्जिनल डुओ सांगितीक कार्यक्रमको टिकट पनि बिक्री शुरू भैसकेको जानकारी आयोजकका सदस्य रोशन भट्टराइले जानकारी दिए । 

‘कलाकारहरूको क्रेजका कारण र नयाँ सालको अवसर पारेर सिड्नीबासी नेपालीहरूको आग्रहमा टिकट बिक्री शुरू गरेका हौं’ भट्टराईले भने, ‘कार्यक्रममा यी दुर्इको साथमा नेपालका अन्य चर्चित कलाकारहरू पनि समेटिने छन् ।’

यो जोडीले अष्ट्रेलियाका विभिन्न शहरहरूमा जुलाई   २१ पर्थ, २४ ब्रिजबेन, एडिलेट २७, मेलबर्न २९ का साथै अगस्ट ४ मा सिड्नीमा साँगीतिक प्रस्तुति दिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप