अस्ट्रेलियाले न्युजिल्यान्डलाई हराएपछि भारतलाई फाइदा
काठमाडौँ । रोहित शर्माको कप्तानीमा रहेको भारतीय क्रिकेट टोली आईसीसी विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले आइतबार सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डलाई एक सय ७२ रनले हराएपछि भारत अंक तालिकाको पहिलो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा खेलिएको पहिलो टेस्टमा अस्ट्रेलियासँग पराजित भएपछि न्युजिल्यान्ड भने टेस्ट च्याम्पियनसिपको दोस्रो स्थानमा झरेको छ । तालिकामा अस्ट्रेलिया तेस्रो स्थानमा आसिन छ । यसैगरी तालिकामा बंगलादेश चौथो, पाकिस्तान पाँचौँ, वेस्ट इन्डिज छैटौँ, दक्षिण अफ्रिका सातौँ, इङ्ल्यान्ड आठौँ र श्रीलंका नवौँ स्थानमा रहेका छन् ।
भ्रमणकारी टोली अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डलाई हराएसँगै दुई टेस्टको शृंखलामा १–० को अग्रता पनि लिएको छ । तीन सय ६९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको घरेलु टोली न्युजिल्यान्ड चौथो दिन आइतबार केवल एक सय ९६ रनमा अलआउट भएको थियो ।
पहिलो टेस्टमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा तीन सय ८३ रन बनाएको थियो । न्युजिल्यान्ड पहिलो पालीमा केवल एक सय ७९ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलिया आफ्नो दोस्रो पालीमा एक सय ६४ रनमा अलआउट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026