म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी
सोमबार, २१ फागुन २०८०, ०६ : ०८
म्यानचेस्टर । फिल फोडेनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै डर्बी खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको छ ।
खेलमा अग्रता युनाइटेडले लिएको थियो । मार्कस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा खेलको आठौँ मिनेटमा टोलीलाई अघि बढाए । तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।
५६ औँ मिनेटमा फिल फोडेनले बराबरी गोल फर्काए । ८० औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । इन्जुरी समयमा रोड्रीले अर्लिङ हालान्डका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा मात्र १ अङ्कले पछि रहेको छ । युनाइटेड भने ४४ अङ्कसहित लिगको छैटौँ स्थानमा सीमित छ । आइतबार राति भएका अन्य खेलमा बोर्नेमाउथले बर्नलीलाई २–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण