धमाधम सरकारी निवास छाड्दै निवर्तमान मन्त्रीहरू
काठमाडौँ । नयाँ सत्ता समीकरण बनेसँगै सरकारका निवर्तमान मन्त्रीहरूले सरकारी निवास छाड्ने क्रम जारी रहेको छ ।
हालसम्म निवर्तमान कानुनमन्त्री धनराज गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वनमन्त्री वीरेन्द्र महतो र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीले पुल्चोकस्थित सरकारी निवास छाडेका हुन् । मन्त्रीहरूलाई निवास छाड्न कम्तीमा सात दिनको म्याद रहने कार्यालयले जनाएको छ ।
निवासको व्यवस्थापन, मर्मत तथा साजसज्जाको काम सहरी विकास मन्त्रालय अन्तर्गत रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गर्दै आएको छ ।
कार्यालयका अनुसार पुल्चोकस्थित निवासमा १९ वटा भवन छन् । तीमध्ये एउटामा राज्यमन्त्री र बाँकी १७ वटा मन्त्रीहरू बस्दै आएका थिए । एउटा भवन भने खाली छ । कार्यालयका एक अधिकृतले भने,‘ पाँच जना मन्त्रीज्यूहरूले छाडिसक्नु भयो, बाँकीले घर तथा डेराकोठामा सामान ओसारपसार गर्दै हुनुहुन्छ ।’
श्रममन्त्री, पररास्ट्रमन्त्री, अर्थमन्त्री, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीले निवास प्रयोग गरेका थिएनन् ।
यस कार्यालयले विशिष्ट पदाधिकारीहरूको (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष) आवास व्यवस्थापन कार्य, मन्त्री निवास पुल्चोकको व्यवस्थापन कार्य, सिंहदरबार परिसर भित्रका संघीय मन्त्रालय, सचिवालय लगायतका सरकारी कार्यालय भवनहरूको निर्माण तथा मर्मत सम्भार कार्य, प्रदेश प्रमुख तथा मुख्य मन्त्रीहरुको संघीय राजधानी कार्यालय भवनहरूको काठमाडौँमा सम्पर्क कार्यालयको व्यवस्थापन र काठमाडौँ उपत्यकाका सरकारी भवनहरूको निर्माण तथा मर्मत सम्भार कार्यहरू गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण