नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार दरको १४ थान नोटसहित पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट जस्तो देखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
बारा, सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरबाट नेपाली १ हजार दरका ८ थान नक्कली नोटसहित महागढीमाई नगरपालिका–९ कञ्चनपुर बस्ने ३५ वर्षीय राम विनय सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण