मन्त्रीमण्डल विस्तार
शिक्षामन्त्री श्रेष्ठले सम्हालिन् पदभार
बुधबार, २३ फागुन २०८०, २० : ४६
काठमाडौँ । शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
यसअघि शीतल निवासमा उनले शिक्ष मन्त्रीको शपथ लिएकी थिइन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ याकुपामा २०४१ साल असोज १५ गते जन्मिएकी उनले पोल्याण्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छिन् ।
श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन, अमेरिकाको ब्रायन मावर कलेज र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक, एमआईटी स्लोन स्कूल अफ म्यानेजमेण्टबाट बिजनेस एडमिनिष्ट्रेशनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् । उनीसँग झन्डै १ वर्ष हाराहारीको राजनीतिक अनुभव रहेको छ । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण