सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला रिपोर्टरलाई रोबोटले गर्‍यो ‘यौन उत्पीडन’ !

बिहीबार, २४ फागुन २०८०, १२ : १५
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । विश्वमा प्रविधिले निकै ठुलो फट्को मारिसकेको छ । यस क्रममा मानवजस्तै ‘रोबोट’ बनाइएका छन्, जसले बोल्ने, प्रतिक्रिया जनाउने लगायत विभिन्न काम गर्दछन् ।

तर यस्तै एक रोबोटले औपचारिक कार्यक्रमकै क्रममा महिला रिपोर्टरलाई ‘यौन उत्पीडन’ गरेको चर्चाले धेरैलाई झस्काइदिएको छ ।

साउदी अरबको ‘एन्ड्रोइड मुहम्मद’ नाम गरेको रोबोटले सार्वजनिक कार्यक्रममै रिपोर्टर राव्या अल कासिमीको नितम्बमा हात पुर्‍याएको हो । रोबोटका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उनी रोबोटसँग केही प्रश्न गर्दै थिइन् । अचानक रोबोटले आफ्नो हात राव्याको नितम्बमा पुर्‍याएको थियो । त्यसपछि राव्याले केही असहज महसुस गरिन् ।

सामाजिक सञ्जालमा उक्त दृश्यसहितको भिडियो क्लिप भाइरल भइरहेको छ । यस घटनाका बारेमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । कतिपयले यसलाई ‘स्वाभाविक गतिविधि’ भनेर समर्थन जनाएका छन् भने कतिपयले रोबोटको ‘प्रोग्रामिङ’ र ‘कन्ट्रोल’का बारेमा प्रश्न उठाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप