१४ वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद
इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो ।
अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै विसं २०७९ वैशाख १६ र जेठ २९ मा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए । विसं २०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुष्टि गरेको थियो । घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो ।
गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्यूक्लिक एसिड (डिएनए) विधिविज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ ।
अदालतले यही फागुन १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो । फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ । घटनाका थप दुई आरोपी भने बालिकामाथि करणी गरेको पुष्टि नभएपछि सफाइ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण