सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

बिहीबार, २४ फागुन २०८०, १५ : १६
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । 

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता  शालीग्राम शर्मा पौड्यालले जानकारी दिए ।

‘उहाँको अद्यावधि निवेदन दिनुभएको थियो । आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम मिलेन, स्वीकार गरेन । पहिला जे थियो त्यही कायम भयो’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप