एआई मार्फत बन्यो ‘महाजात्रा’ को क्यारेक्टर लुक्स
काठमाडौँ । आगामी चैत्र ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘महाजात्रा’ । निर्माण युनिट अहिले फिल्म प्रचारका लागि उपत्यका बाहिर छ ।
यस्तैमा फिल्म प्रचारमा निर्माण युनिटले पछिल्लो समय चर्चामा रहेको एआई प्रविधिको पनि प्रयोग गरेको छ । जात्रा’ मार्फत दर्शकमाझ प्रसिद्ध पात्र फडिन्द्र, जोएश र मुन्नालाई एआईलाई प्राप्त अगाडि ल्याएको हो ।
यी पात्रले फिल्म ‘महाजात्रा’ मा पनि निरन्तरता पाएका छन् । फिल्मको ट्रेलरमा देखाइएको सुन र पैसाको मोहमा रहेका ती पात्रलाई एआई मार्फत पनि झल्काइएको छ ।
अहिले सामाजिक सञ्जालमा एआई प्रविधिको बढ्दो प्रभावलाई ध्यानमा राखेर आफूले पनि फिल्मको पात्रको क्यारेक्टर लुक्स एआई मार्फत तयार पारेको निर्देशक प्रदीप भट्टराइले बताए ।
‘महाजात्रा’ हिट फिल्म ‘जात्रा’ को तेस्रो सिक्वेल हो । प्रदीप भट्टराईको लेखन समेत रहेको फिल्म फिल्म षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
‘महाजात्रा’ को भारत बाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण