बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
संसद्

संसद्को शिक्षा समिति सभापतिविहीन, विधेयकमाथिको छलफल प्रभावित

शुक्रबार, २५ फागुन २०८०, १० : ५६
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति विहीन भएको छ । समितिका सभापति नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएपछि समिति सभापति विहीन भएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय कार्यक्षेत्र रहेको यो समितिमा ४ वटा विधेयक विचाराधीन छ । 

राष्ट्रियसभामा उत्पत्ति भएको सार्वजनिक प्रसारण विधेयक २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, राष्ट्रिय सभामा उत्पन्न भएको नेपाल विश्वविद्यालय विधेयक २०७९ र विद्यालय शिक्षा विधेयक २०८० विधेयक पारित गरेर सभामा पठाउनुपर्ने यो समितिको दायित्व रहेको छ । 

यी विधेयकहरू मध्ये सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् । 

समिति सभापतिविहीन भएपछि ज्येष्ठ सदस्यलाई अध्यक्षता गराएर बैठक चलाउन नमिल्ने भएकोले नयाँ समिति आएपछि मात्रै विधेयकमाथिको छलफल अघि बढ्ने जानकारी दिइन् ।   राजनीतिक तहबाट सभापति चयन नभएसम्म समितिको नियमित काम प्रभावित हुने समिति सचिव लामिछानेको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप