संसद्को शिक्षा समिति सभापतिविहीन, विधेयकमाथिको छलफल प्रभावित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति विहीन भएको छ । समितिका सभापति नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएपछि समिति सभापति विहीन भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय कार्यक्षेत्र रहेको यो समितिमा ४ वटा विधेयक विचाराधीन छ ।
राष्ट्रियसभामा उत्पत्ति भएको सार्वजनिक प्रसारण विधेयक २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, राष्ट्रिय सभामा उत्पन्न भएको नेपाल विश्वविद्यालय विधेयक २०७९ र विद्यालय शिक्षा विधेयक २०८० विधेयक पारित गरेर सभामा पठाउनुपर्ने यो समितिको दायित्व रहेको छ ।
यी विधेयकहरू मध्ये सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।
समिति सभापतिविहीन भएपछि ज्येष्ठ सदस्यलाई अध्यक्षता गराएर बैठक चलाउन नमिल्ने भएकोले नयाँ समिति आएपछि मात्रै विधेयकमाथिको छलफल अघि बढ्ने जानकारी दिइन् । राजनीतिक तहबाट सभापति चयन नभएसम्म समितिको नियमित काम प्रभावित हुने समिति सचिव लामिछानेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण