शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उपमेयर डंगोलको बिक्रेतालाई प्रश्न– डेट एक्सपायर औषधि बेच्दा क्षतिको जिम्मा कसले लिने ?

शनिबार, २६ फागुन २०८०, १४ : १३
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरुलाई आग्रह गरेकी छन् ।  काठमाडौँका धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहिन भइसकेका भ्याक्सिनहरु बिक्रि गर्ने गरेको पाइएको उल्लेख गर्दै उनले आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न सचेत गराइन् ।

बिक्रेताहरुले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उनको भनाई थियो । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले मान्छेको स्वास्थ्यको माथि गम्भिर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न पनि औषधि विक्रेताहरुको ध्यानाकर्षण गराइन्  । 

‘हामीले अस्पताल साथसाथै फार्मेसीहरुको पनि अनुगमन गरिरहेका छौं । फार्मेसीमा अनुगमन गर्दा स्थिति डरलाग्दो छ’ उनले भनिन्– ‘धेरै फार्मेसीहरुमा डेट एक्पाएर औषधि बेचिराख्नु भएको छ । धेरै फार्मेसीमा त्यसको लाइसेन्स लिने व्यक्ति एक जना, औषधि दिने मान्छे अर्को देखिएको छ । औषधि दिनका लागि भनेर पढने व्यक्ति एक जना, अनि अर्को मान्छेले दिँदाखेरी गलत औषधि दिइयो भने त्यसको रिजल्ट के हुन्छ होला ?’ डेट एक्सपायर औषधि बेच्दा त्यसले पुरयाउने हानी र क्षतिको जिम्मेवारी कसले लिने ?’ 

उनले आम उपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसाय अघि बढाउन पनि औषधि बिक्रेताहरुलाई अनुरोध गरिन् । त्यसका लागि महानगरपालिकाकाले औषधि व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत उपमेयर डंगोलले बताइन् ।

उनले भनिन्–‘यस्तो सेन्सेटिभ कुरामा व्यवसायी संघले ध्यान दिओस् भन्ने पनि हामीले अपेक्षा राखेका छौं । यसमा सहकार्य गर्नका लागि महानगरपालिका पनि तयार छ ।’  उपमेयर डंगोलले औषधि व्यवसायलाई विश्वास गर्ने वातावरण निर्माणमा पनि सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप