मृत भेटिए बोइङका गोप्य सूचना चुहाएका पूर्वकर्मचारी
वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङका पूर्व कर्मचारी मृत भेटिएका छन् । कम्पनीले बनाएका विमानको मापदण्ड र स्तरबारे गोप्य सूचनाहरू चुहाएका जोन बर्नेट अमेरिकामा मृत अवस्थामा फेला परेका हुन् । सन् २०१७ मा सेवा निवृत्त हुनु अघि बर्नेटले ३२ वर्षसम्म बोइङमा काम गरेका थिए ।
मृत्यु हुनुअघिका दिनहरूमा उनले कम्पनीका विविध गोप्य सूचनाहरू चुहाइरहेका थिए । सोमबार चार्लेस्टन काउन्टीका अधिकारीले उनको मृत्युको पुष्टि गरेका छन् । मार्च ९ मा बर्नेट मृत फेला परेको र उनको मृत्युबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ । बर्नेटको मृत्युको खबरले आफू दुःखी भएको एउटा विज्ञप्तिमा बोइङले भनेको छ ।
सन् २०१० मा उत्तर चार्लेस्टन स्थित ७८७ ड्रिमलाइनर बनाउने बोइङको कारखानामा उनी गुणस्तर म्यानेजर थिए । कामको चाप बढेकै कारण डेडलाइन पूरा गर्न उक्त कारखानाका कर्मचारीहरूले जानीजानी विमानमा कमसल खालका पूर्जाहरू हालेको बीबीसीसँगको कुराकानीमा बर्नेटले सन् २०१९ मा भनेका थिए । विमानको अक्सिजन प्रणालीमा पनि गम्भीर समस्या रहेको उनको भनाई थियो । उनका अनुसार आकस्मिक समयमा विमानको हरेक चार ब्रिदिङ मास्क मध्ये एउटाले काम नगर्न सक्थ्यो ।
प्रोडक्सन लाइनमा काम ढिला नहोस् भनेर कर्मचारीहरूले थोत्रा विमानबाट कमसल खालको पार्ट्स झिकेर नयाँ विमानमा हालेका थिए । यसबारे आफूले म्यानेजरहरूलाई सतर्क गराएको भए पनि कुनै कारबाही नभएको उनको भनाई थियो । यस मामिलामा उनलाई वकिलहरूले केरकार गरिरहेका थिए । शनिबार बर्नेटसँग थप सोधपुछ हुनेवाला थियो । तर होटलको कार पार्कमा ट्रकभित्र उनी मृत भेटिए । बोइङ र यसको मुख्य आपूर्तिकर्ता स्पिरिट एरोसिष्टममाथि कडा छानबिन भइरहेकै समयमा बर्नेटको मृत्युको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण