रोमानियामा समातिए टेट ब्रदर्श
बुचारेष्ट । विवादास्पद सोसल मिडिया इन्फ्लुएन्सरहरू एन्ड्रियू टेट र उनका भाइ ट्रिस्टान टेट रोमानियामा पक्राउ परेका छन् । यौन उत्पीडनलगायत आरोपमा यी दुई जना समातिएका हुन् । बेलायतले दुवै जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । दुवै दाजुभाइले आफूमाथि लागेको अभियोगको खण्डन गरेका छन् ।
उनीहरूमाथि बेलायतमा महिलाहरूको शोषण गरेकालगायत आरोप लागेको छ । सोमबार दुबैलाई बुचारेष्ट अपिल कोर्टसँगै जोडिएको अभियोजनकर्ताको कार्यालयमा पेस गरिएको थियो । उनीहरूलाई २४ घण्टासम्म थुनामा राखिने बताइएको छ । दुवै नाममा आएको वारेन्टलाई के गर्ने भन्नेबारे अदालतले मंगलबार बिहान निर्णय गर्ने बताइएको छ ।
दुबैलाई सन् २०१२ देखि सन् २०१५ बिचको आरोपका लागि पक्राउ गरिएको हो । चार जना बेलायती महिलाको प्रतिनिधित्व गर्ने ल फर्म म्याकक्यू जुरी एन्ड पार्टनर्सले टेट दाजुभाइमाथि बलात्कार र यौन दुराचारको आरोप लगाएको थियो । बलात्कार र मानव तस्करी सम्बन्धी मुद्दाको पेशी आउनै लाग्दा दुवै जना रोमानियाबाट पनि भाग्ने हो कि भन्ने आशंका बढेपछि रोमानिया प्रहरीले बेलायत सरकारलाई पत्र लेख्दै पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेको थियो ।
डिसेम्बरमा बेलायतमा अस्पतालमा भर्ना भएर बसेकी आफ्नो आमालाई भेट्न अनुमति दिन भन्दै टेट दाजुभाइले अनुरोध गरेपछि रोमिनयाको एक अदालतले ३७ वर्षका एन्ड्रिउ र ३५ वर्षका ट्रिस्टनलाई रोमानिया छाडेर नजान आदेश दिएको थियो । रोमानियामा पनि बलात्कार, मानव तस्करी र अपराध समूह बनाएको छुट्टा छुट्टै अभियोगमा स्थानीय अधिकारीहरूले दुवै जनामाथि छानबिन गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण