बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश

बुधबार, ३० फागुन २०८०, ०७ : ३४
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बार्सिलोना सन् २०२० पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।  पहिलो लेग एक–एक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३–१ को जित निकालेपछि समग्रमा ४–२ को नतिजाका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो । 

बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति बार्सिलोनालाई जिताउन फर्मिन लोपज, जोआओ क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । यस्तै, नापोलीका लागि अमिर रहमानीले एक गोल फर्काए ।

१५औँ मिनेटमा राफिन्हाको पासमा फर्मिन लोपेजले गोल गर्र्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको १७ औँ मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

तर, नापोलीले ३० औँ मिनेटमा गोल फर्काउँदै अन्तर कम गरेको थियो । नापोलीका लागि अमिर रहमानीले गोल फर्काएका थिए । २–१ ले अगाडि रहेको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ८४ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप