शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१९ वर्षीय युवाले तोडे रणजी ट्रफीमा सचिनले २९ वर्षअघि बनाएको कीर्तिमान

बुधबार, ३० फागुन २०८०, ११ : ०८
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । भारतको प्रतिष्ठित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा निकैअघि सचिन तेन्दुल्करले बनाएको कीर्तिमान एक १९ वर्षीय युवा खेलाडीले आफ्नो नाममा पारेका छन् । रणजी ट्रफीको मुम्बई र बिदर्भबिचको फाइनल खेलका क्रममा १९ वर्षीय मुसिर खानले सचिनको कीर्तिमान ताडेका हुन् ।

मुम्बईको दोस्रो पालीमा मुसिर खानले शतक बनाउँदै सचिनको कीर्तिमान आफ्नो नाममा पारेका हुन् । दोस्रो पालीमा मुम्बईका लागि मुसिर खानले एक सय ३६ रन बनाएका थिए । मुसिर खान भारतीय राष्ट्रिय टोलीका खेलाडी सरफराज खानका भाई हुन् ।

मुसिर खान रणजी ट्रफीको फाइनलमा शतक प्रहार गर्ने मुम्बईका सबैभन्दा कान्छो उमेरका खेलाडी बनेका हुन् । २९ वर्षअघिदेखि यो कीर्तिमान सचिनको नाममा रहँदै आएको थियो । सचिनले २१ वर्षको उमेरमा रणजी ट्रफीमा मुम्बईका लागि शतक बनाएका थिए ।

क्रिकेटको भगवानका रुपमा चर्चा कमाएका सचिनले सन् १९९४–९५ सिजनको रणजी ट्रफीको फाइनलमा एक सय ४० रन बनाएका थिए । सचिन र मुसिर खान दुवैले यो कीर्तिमान वानखेड स्टेडियममा बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप