१९ वर्षीय युवाले तोडे रणजी ट्रफीमा सचिनले २९ वर्षअघि बनाएको कीर्तिमान
काठमाडौँ । भारतको प्रतिष्ठित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा निकैअघि सचिन तेन्दुल्करले बनाएको कीर्तिमान एक १९ वर्षीय युवा खेलाडीले आफ्नो नाममा पारेका छन् । रणजी ट्रफीको मुम्बई र बिदर्भबिचको फाइनल खेलका क्रममा १९ वर्षीय मुसिर खानले सचिनको कीर्तिमान ताडेका हुन् ।
मुम्बईको दोस्रो पालीमा मुसिर खानले शतक बनाउँदै सचिनको कीर्तिमान आफ्नो नाममा पारेका हुन् । दोस्रो पालीमा मुम्बईका लागि मुसिर खानले एक सय ३६ रन बनाएका थिए । मुसिर खान भारतीय राष्ट्रिय टोलीका खेलाडी सरफराज खानका भाई हुन् ।
मुसिर खान रणजी ट्रफीको फाइनलमा शतक प्रहार गर्ने मुम्बईका सबैभन्दा कान्छो उमेरका खेलाडी बनेका हुन् । २९ वर्षअघिदेखि यो कीर्तिमान सचिनको नाममा रहँदै आएको थियो । सचिनले २१ वर्षको उमेरमा रणजी ट्रफीमा मुम्बईका लागि शतक बनाएका थिए ।
क्रिकेटको भगवानका रुपमा चर्चा कमाएका सचिनले सन् १९९४–९५ सिजनको रणजी ट्रफीको फाइनलमा एक सय ४० रन बनाएका थिए । सचिन र मुसिर खान दुवैले यो कीर्तिमान वानखेड स्टेडियममा बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण