मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

अस्थिरता र बेइमानीजस्ता भाष्यभन्दा माथि उठेर उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्नुपर्छ : स्वर्णिम वाग्ले (भिडियो सहित)

बुधबार, ३० फागुन २०८०, १३ : ४९
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले जोखिम मोलेर नै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनाएका छन् । बुधवार प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका उपाध्यक्ष समेत रहेका वाग्लेले यस्तो बताएका हुन् । 

‘तीन महिना र एक हप्ताअघि पनि उहाँको कुर्सी हल्लिएको थिएन । त्यसैले अस्थिरता बेइमानीजस्ता भाष्यभन्दा माथि उठेर हामीले उहाँको बेचैनीको जरैसम्म पुग्न खोज्यौ भने उहाँलाई न्याय हुन्छ’, वाग्लेले भने, ‘व्याज खाएर र कुर्सी ओगटेर नभई कामै गरेर राष्ट्र हितका सवालमा प्रधानमन्त्रीज्यूको लेगेसीलाई दरिलो बनाउने चाहाना र उहाँको लेगिसी फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेर साथ दिएको छ ।’

उनले आफूहरू काम गर्न सरकारमा गएको भन्दै नयाँ दल भएकाले सरकारमा नगएको भए पनि फरक नपार्ने अवस्था रहँदा रहँदै राजनीतिमा फ्रेसनेसको प्रिमियर हुने भएकाले आफूहरू सरकारमा गएको बताए ।  

उनले सङ्घर्षपूर्ण राजनीतिबाट उदाएको जीवनको उत्तरार्धमा कुनै नेताले आफ्नो लेगेसीको खोजी गर्ने भन्दै म के का लागि चिनिन चाहन्छु भन्ने राजनीतिमा अहम् प्रश्न रहेकाले सबै वरिष्ठ नेताहरूमा त्यो भइदिने हो भने यो देश धेरै अगाडि बढिसकेको हुने थियो भने ।

वाग्लेले सशस्त्र द्वन्द्वको विधिप्रति विमति रहेको भन्दै तर देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण, समावेशी समाजको जग निर्माणमामा वर्तमान प्रधानमन्त्रीलाई समाजले सम्झने बताए । ‘तर ह्वाट एल्स ? भन्ने झकझक्याइबाटै सामाजिक प्रगतिका विषयमा केही गरियो । आर्थिक उन्नयनका विषयमा केही गर्न सकिँदैन ? प्रधानमन्त्रीको चासो हामीलाई जायज लागेको थियो’, वाग्लेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप