मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोसिस हुँदैन : योगेश भट्टराई

बुधबार, ३० फागुन २०८०, १८ : १४
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन् । उनले अहिलेको संसद्को लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको बताए । उनले अर्को कुनै सरकार बनाउने कोसिस नहुने पनि बताए । 

सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै सांसद भट्टराईले सरकारलाई आगामी चार वर्षसम्म अगाडि बढाउने दायित्व एमालेकै भएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समीकरणलाई अविश्वासतिर नधकेल्ने पनि बताए ।

उनले भने, ‘नेकपा(एमाले)को समर्थनमा आज १५७ जना माननीयज्यूहरुले विश्वासको मतमा मत दिनुभएको छ । र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले विश्वासको मत पाउनुभएको छ । विश्वासको मत पाउनु भनेको मतलब यो संसद् रहँदासम्म यो सरकार कायम रहन्छ । किनकि यो संसद्को लागि यो लगलग अन्तिम विकल्प हो । त्यसैले अब अर्को कुनै सरकार बनाउने कोसिस हुँदैन ।’

सांसद भट्टराईले एमालेले प्रधानमन्त्री पदलाई नपर्खिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप