वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोसिस हुँदैन : योगेश भट्टराई
काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन् । उनले अहिलेको संसद्को लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको बताए । उनले अर्को कुनै सरकार बनाउने कोसिस नहुने पनि बताए ।
सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै सांसद भट्टराईले सरकारलाई आगामी चार वर्षसम्म अगाडि बढाउने दायित्व एमालेकै भएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समीकरणलाई अविश्वासतिर नधकेल्ने पनि बताए ।
उनले भने, ‘नेकपा(एमाले)को समर्थनमा आज १५७ जना माननीयज्यूहरुले विश्वासको मतमा मत दिनुभएको छ । र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले विश्वासको मत पाउनुभएको छ । विश्वासको मत पाउनु भनेको मतलब यो संसद् रहँदासम्म यो सरकार कायम रहन्छ । किनकि यो संसद्को लागि यो लगलग अन्तिम विकल्प हो । त्यसैले अब अर्को कुनै सरकार बनाउने कोसिस हुँदैन ।’
सांसद भट्टराईले एमालेले प्रधानमन्त्री पदलाई नपर्खिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण