कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ । विहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
देउवा निवासमा भएको छलफलमा उपसभापति, महामन्त्री, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरु सहभागी थिए । उक्त छलफलमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार कोशीमा कार्कीको नेतृत्वको बनेको सरकारको विकल्प नभएको निष्कर्ष निकालिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
लेखकका अनुसार बैठकमा मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको बिफ्रिङ गरेका थिए । कार्की नेतृत्वको सरकारको विघटन र अविश्वासको प्रस्ताव ल्याउने विकल्प नै नरहेको कांग्रेसको निष्कर्ष छ । संविधानको धारा १६८ को २ र ३ प्रयोग असफल भएपछि असोज २७ मा केदार कार्की नेतृत्वको सरकार बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण