कोशीमा केदार कार्की नेतृत्वको सरकारको विकल्प नरहेको कांग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ । विहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
देउवा निवासमा भएको छलफलमा उपसभापति, महामन्त्री, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरु सहभागी थिए । उक्त छलफलमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार कोशीमा कार्कीको नेतृत्वको बनेको सरकारको विकल्प नभएको निष्कर्ष निकालिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
लेखकका अनुसार बैठकमा मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको बिफ्रिङ गरेका थिए । कार्की नेतृत्वको सरकारको विघटन र अविश्वासको प्रस्ताव ल्याउने विकल्प नै नरहेको कांग्रेसको निष्कर्ष छ । संविधानको धारा १६८ को २ र ३ प्रयोग असफल भएपछि असोज २७ मा केदार कार्की नेतृत्वको सरकार बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड