बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे सत्तापक्षका सांसदले गराए सरकारको ध्यानाकर्षण

बिहीबार, ०१ चैत २०८०, ११ : ४९
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे जवाफ मागेको छ  । प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै सांसद शिशिर खनालले चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उक्त सर्भिस ट्रयाकले पूर्णता नपाउँदा स्थानीयले हिउँदमा धुलो र वर्षातमा हिलोको मारमा पर्ने गरेको बताए । 

उनले भने,‘ सडक विभागमा पनि मैले ध्यानाकर्षण गराएँ, ठेकेदारले सरकारले पैसा नदिएकाले बनाउन नसकेको गुनासो गर्छन्, काठमाडौँका मेयरले यो सडक त हाम्रो होइन भनेर बोर्ड टाँस्नुभएको छ । सरकारलाई साह्रै गाह्रो परेको भए महानगरसँग सापटी माग्ने हो कि ? ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप