चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे सत्तापक्षका सांसदले गराए सरकारको ध्यानाकर्षण
बिहीबार, ०१ चैत २०८०, ११ : ४९
काठमाडौँ । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे जवाफ मागेको छ । प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै सांसद शिशिर खनालले चक्रपथको सर्भिस ट्र्याक ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उक्त सर्भिस ट्रयाकले पूर्णता नपाउँदा स्थानीयले हिउँदमा धुलो र वर्षातमा हिलोको मारमा पर्ने गरेको बताए ।
उनले भने,‘ सडक विभागमा पनि मैले ध्यानाकर्षण गराएँ, ठेकेदारले सरकारले पैसा नदिएकाले बनाउन नसकेको गुनासो गर्छन्, काठमाडौँका मेयरले यो सडक त हाम्रो होइन भनेर बोर्ड टाँस्नुभएको छ । सरकारलाई साह्रै गाह्रो परेको भए महानगरसँग सापटी माग्ने हो कि ? ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण