अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित
वाशिङ्टन डीसी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमै चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सक्ने विधेयक पारित गरेको छ । विधेयकले अमेरिकामा टिकटकको बहुसङ्ख्यक स्वामित्व बेच्न होइन भने निषेधको सामना गर्न ६ एपको मातृ कम्पनी बाइटडान्सलाई ६ महिनाको समय दिनेछ ।
सदनमा दुवै दल संलग्न मतदानमा विधेयक बहुमतले पारित भएको थियो । विधेयकलाई माथिल्लो सदन सिनेटले पनि पारित गर्नु पर्नेछ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि भने यो कानुन बन्नेछ । टिकटकमा चीन सरकारको प्रभावबारे अमेरिकी नीति निर्माताहरू लामो समयदेखि चिन्तित छन् ।
बाइटडान्सले केम्यान आयल्यान्डमा टिकटकलाई दर्ता गरेको छ । अमेरिका र यूरोपभर यसका कार्यालय छन् । विधेयक सिनेटबाट पनि पारित भयो भने अमेरिकाले एपमाथि प्रतिबन्ध लगाउने निश्चित छ । चीनको राष्ट्रिय सुरक्षा कानुनले कम्पनीहरूलाई सरकारले मागेको डेटामा पहुँच दिन बाध्य बनाएको छ । चिनियाँ कम्पनीहरूमार्फत चीन सरकारले अमेरिकामाथि जासुसी गर्न सक्ने भन्दै अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि कडाइ गरिरहेको छ ।
यस आरोपको खण्डनमा टिकटकले १५ करोड अमेरिकी टिकटक प्रयोगकर्ताको डेटा चीनमा रहेका बाइटडान्सका कर्मचारीले हेर्न नसक्ने दाबी गरिरहेको छ । आफ्नो प्रयोगकर्ताका डेटा सुरक्षित राख्न र एपमा चलखेल हुन नदिन कम्पनी प्रतिबद्ध रहेको टिकटकका प्रमुख कार्यकारी शोउ जि चिउले भन्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण