बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित

बिहीबार, ०१ चैत २०८०, ११ : ५५
बिहीबार, ०१ चैत २०८०

वाशिङ्टन डीसी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमै चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सक्ने विधेयक पारित गरेको छ । विधेयकले अमेरिकामा टिकटकको बहुसङ्ख्यक स्वामित्व बेच्न होइन भने निषेधको सामना गर्न ६ एपको मातृ कम्पनी बाइटडान्सलाई ६ महिनाको समय दिनेछ ।

सदनमा दुवै दल संलग्न मतदानमा विधेयक बहुमतले पारित भएको थियो । विधेयकलाई माथिल्लो सदन सिनेटले पनि पारित गर्नु पर्नेछ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि भने यो कानुन बन्नेछ । टिकटकमा चीन सरकारको प्रभावबारे अमेरिकी नीति निर्माताहरू लामो समयदेखि चिन्तित छन् ।

बाइटडान्सले केम्यान आयल्यान्डमा टिकटकलाई दर्ता गरेको छ । अमेरिका र यूरोपभर यसका कार्यालय छन् । विधेयक सिनेटबाट पनि पारित भयो भने अमेरिकाले एपमाथि प्रतिबन्ध लगाउने निश्चित छ । चीनको राष्ट्रिय सुरक्षा कानुनले कम्पनीहरूलाई सरकारले मागेको डेटामा पहुँच दिन बाध्य बनाएको छ । चिनियाँ कम्पनीहरूमार्फत चीन सरकारले अमेरिकामाथि जासुसी गर्न सक्ने भन्दै अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि कडाइ गरिरहेको छ ।

यस आरोपको खण्डनमा टिकटकले १५ करोड अमेरिकी टिकटक प्रयोगकर्ताको डेटा चीनमा रहेका बाइटडान्सका कर्मचारीले हेर्न नसक्ने दाबी गरिरहेको छ । आफ्नो प्रयोगकर्ताका डेटा सुरक्षित राख्न र एपमा चलखेल हुन नदिन कम्पनी प्रतिबद्ध रहेको टिकटकका प्रमुख कार्यकारी शोउ जि चिउले भन्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप