प्रत्यक्ष निर्वाचन क्षेत्रका लागि ५० करोडको योजना दिन सांसद् घिमिरेको माग
बिहीबार, ०१ चैत २०८०, १४ : २२
काठमाडौँ । नेपाली कांग्रेसका सांसद् श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसद्को सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँका योजना दिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रका सांसद्को सिफारिसमा ५० करोड रकम बराबरको योजना दिन माग गरेका हुन् ।
सांसद्हरूलाई ५-१० करोड रुपैयाँमात्रै नचाहिएको उनको भनाइ छ । सांसद घिमिरेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरूको भूमिका नभए बजेट पारित गर्न नदिने चेतावनी दिए ।
‘आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पारित गर्नको लागि सहयोगी मात्रै बन्दैनौं । बजेटमा विपक्षी सांसदको ठूलो भूमिका हुन्छ भन्ने कुराको नजिर स्मरण गराउँछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण