फिलिपिन्सको लभ स्क्याम सेन्टरबाट सयौँको उद्धार
मनिला । फिलिपिन्सको एउटा लभ स्क्याम सेन्टरबाट सयौँ मानिसको उद्धार गरिएको छ । प्रहरीले बिहीबार उक्त सेन्टरमा छापा मारेर ३८३ फिलिपिनी, २०२ जना चिनियाँ र ७३ जना अन्य विदेशी नागरिकहरूको उद्धार गरेको हो ।
मनिलाबाट उत्तरमा करिब सय किमी टाढा रहेको सो अखडा अनलाइन जुवा कम्पनीले चलाइरहेको बताइएको छ । पछिल्लो समय फिलिपिन्स स्क्याम सेन्टरको हब नै बनेको छ । यहाँ युवा र प्रविधि चलाउन पोख्त मान्छेहरूलाई फसाएर आपराधिक गतिविधिमा प्रयोग गर्ने क्रम बढेको छ । यी केन्द्रमा कालो धनलाई सेतो बनाउनेदेखि क्रिप्टो धोकाधडी मात्रै होइन माया प्रेमको जालमा फसाएर लुट्ने कामहरू समेत हुने गरेका छन् ।
केहीलाई भने हुँदै नभएका योजना वा व्यवसायमा लगानी गर्न मनाउने गरिएको पनि पाइएको छ । सोही स्क्याम सेन्टरबाट गएको महिना भागेका एक भियतनामी पुरुषले दिएको सूचनाका आधारमा बिहीबार छापा मारिएको थियो । यो वर्षको जनवरीमा फिलिपिन्स आएका ३० वर्षीय ती भियतनामीलाई सेफको जागिर दिने लोभ देखाएर मानव तस्करहरूले संगठित अपराधको दलदलमा फसाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण