‘पुजार सार्की’को स्क्यान्डल : आर्यनको दृश्य लिक भयो भन्दै प्रचार
काठमाडौंँ । अहिले छायाङ्कनमा रहेको फिल्म हो ‘पुजार सार्की’ । फिल्म कास्कीको कास्कीकोटमा छायाङ्कन भैरहेको छ । छायाङ्कन चलिरहेको समय फिल्मको २५ सेकेन्ड लामो भिडियो युट्युबमा अपलोड भएको छ । भिडियो युट्युबमा आएपछि यसको निर्माण पक्षले दृश्य लिक भएको भन्दै हल्ला गरेको छ ।
भिडियो लिङ्क शेयर गर्दै फिल्मका नायक प्रदीप खड्काले भनेका छन्, ‘मैतैलाई पत्ता लगाउनुस् ।’ फिल्मका निर्देशक दिनेश राउत हुन् । राउतले पनि दृश्य लिक हुँदा तनाव भएको बताएका छन् । तर रोचक कुरा के छ भने फिल्मको सुटिङ सेटबाट नायक आर्यन सिग्देलको २५ सेकेन्ड लामो नृत्यको दृश्य लिक हुँदा यसको निर्माणपक्षले कतै उजुरी गरेको पनि छैन र हटाउन पनि लगाएको छैन । उल्टै दृश्य लिक भयो भन्दै प्रचार गरिरहेको छ । यसबाट पनि भिडियो लिक भएको भन्दा लिक गरिएको अनुमान गर्न सकिन्छ । भिडियोमा नायक आर्यन सिग्देल छमछमी नाचेका छन् । उनको गेटअप पुजारीको छ । फिल्ममा उनी पुजारीको रुपमा देखिँदैछन् ।
फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकार मुख्य भुमिका छन् । आर्यन, प्रदीप र पल पहिलो पटक एकसाथ देखिन लागेका हुन् । सुभाष भुसालको लगानी रहेको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन र हिमाल केसीको द्वन्द्व रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण