सोर्सफाेर्स लगाउने खोज्नेको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने शिक्षामन्त्रीकाे चेतावनी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफाेर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन्। आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा नम्बर घटाउने श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी हुन् ।
‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाएको खण्डमा उजुरी गर्न समेत सबैमा अनुरोध गरेकी छन्। उजुरीहरूमाथि अनुसन्धान गरेर तत्काल कारबाही गर्ने उनको भनाइ छ।
उनले भनेकी छन्, 'शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला: [email protected] । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ। '
उनले अगाडि लेखेकी छन्, 'कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ।'
उनले आफूलाई परिणाम चाहिएको भन्दै प्रचारको पछि नलाग्ने पनि बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण