महिन्द्र पक्षधर नेताहरूको जिम्मेवारी खोसिने
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले अर्का अध्यक्ष महिन्द्र राय यादव समूहको जिम्मेवारी खोस्ने भएको छ । आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा जारी नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले जिम्मेवारी खोस्ने गरी छलफल भइरहेको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
यस्तै विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र साङ्गठनिक रूपमा बलियो बनाउन देशव्यापी कार्यक्रम तय गर्ने गरी छलफल भइरहेको उनले बताए । कार्यकारिणी बैठकमा दुई तिहाइ सदस्य उपस्थित भएको उनले दाबी गरे ।
‘छलफल चल्दैछ, खासगरी आजको कार्यकारिणीमा दुई तिहाइ उपस्थित छ र भोलि बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा तयार गर्ने हो । यी नै एजेन्डा वरिपरि छलफल केन्द्रित रहेको छ । निर्णय भएको छैन’, उनले भने ।
शनिवार अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गर्दै अध्यक्ष महिन्द्रसहित सहअध्यक्ष गंगा श्रेष्ठ र महासचिव रमेश यादवले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि कारबाही गर्न लागिएको हो । यी एजेन्डामाथि छलफल गर्न सोमबार नेसपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण