बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
केन्द्रीय कार्यकारिणी समिति

महिन्द्र समूहलाई जिम्मेवारीबाट मुक्त गर्ने नेसपाको निर्णय

माओवादीसँग एकता गर्ने सहमति प्रथम दृष्टिमै त्रुटि भएको निष्कर्ष
आइतबार, ०४ चैत २०८०, १९ : ०५
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधर नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षका नेताहरूको जिम्मेवारी खोस्नुको साथ महाधिवेशन गर्ने निर्णय भएको नेता कृष्णप्रसाद शर्माले बताए । यस्तै एकता समायोजन समितिका संयोजन तथा अध्यक्ष डा. बाबुराम भट्टराईलाई जानकारी नदिई माओवादी केन्द्रसँग एकता गर्ने निर्णय प्रथम दृष्टिमै अमान्य भएकाले खारेज गर्ने निर्णय गरेको छ ।  

‘केही व्यक्तिहरूको माओवादीसँग पार्टी एकता गर्ने सहमति प्रथम दृष्टिमै अमान्य छ । यसलाई खारेज गरेको छ । उहाँहरूको  कार्य पार्टी विधान, विधि र प्रक्रियाभन्दा बाहिर गएर गरेका सहमतिलाई हाम्रो केन्द्रीय कार्यकारिणी समितिको बैठकले मान्यता दिएन । जहाँसम्म उहाँहरूले पदाधिकारीमा बसेर जिम्मेवारी बहन नगरी पार्टी छाडेर पलायन भएपछि जिम्मेवारीबाट मुक्त गर्ने, पार्टीलाई नयाँ भिजनसहित नयाँ आर्थिक क्रान्ति र विकासतिर लइजान सबै तहमा प्रत्यक्ष निर्वाचित गर्ने, राज्यको शासकीय स्वरूप परिवर्तन गर्न जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि पक्षमा जाने निर्णय गरेको छ । यस विषयलाई भोलि बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ’, शर्माले भने ।

बैठकले महिन्द्र पक्षधरहरू आफैँ पार्टी छाडेर हिँडेकाले सदस्यबाट निष्कासन नगर्ने निर्णय गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप