राजनीति ठगी नगर्न प्रधानमन्त्री प्रचण्डलाई नेसपाको आग्रह
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीति ठगी गरेको निष्कर्ष निकाल्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ । आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठकले देशका कार्यकारी प्रधानमन्त्रीबाट अध्यक्षलाई थाहै नदिई एकताको नाटक मञ्चन गर्नु राजनीति ठगी भएको निष्कर्ष निकालेको हो ।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ । उहाँ सबैको नेता हो । कुनै गुट वा पार्टीको नेता होइन । त्यस्तो हाइ लेबलमा भएको मान्छे, एउटा कार्यकारी निकायमा भएका मान्छेले पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई कुनै जानकारी नदिई, कुनै संवाद नगरी, केही मान्छेसँग एकता गर्ने निर्णय गरे यो राजनीति ठगी हो । यो गैरराजनीति कार्य हो । यो अनैतिक कार्य हो । यस्तो खालको गैरराजनीति कार्य नगर्न बैठकले आग्रह गरेको छ’, बैठकपछि मिडिया हेर्ने जिम्मेवारी पाएका नेता कृष्णप्रसाद शर्माले भने ।
प्रचण्डको यस्ता खालको क्रियाकलापले राजनीतिलाई झनै प्रदूषित बनाउने र बाहिर राम्रो सन्देश नजाने शर्माले बताए । प्रधानमन्त्री जस्तो व्यक्तिले राजनीति सुद्धीकरण गर्नुपर्नेमा छलछामको राजनीति गरेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण