एट्लेटिकोलाई हराउँदै बार्सा दोस्रो
सोमबार, ०५ चैत २०८०, ०६ : १५
काठमाडौँ । एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ३–० को जीत हासिल गर्दै बार्सिलोनाले यो सिजन एट्लेटिकोलाई पहिलोपटक घरेलु मैदानमा हारको स्वाद चखाएको हो ।
खेलको ३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिगमा यो सिजन उनको यो छैटौँ गोल थियो ।
दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । ६५ औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि जिरोनालाई उछिन्दै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । २९ खेलबाट बार्साको ६४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको चिर प्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ८ अङ्कले पछि छ । एट्लेटिको ५५ अङ्कसहित लिगको पाँचौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण