बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एट्लेटिकोलाई हराउँदै बार्सा दोस्रो

सोमबार, ०५ चैत २०८०, ०६ : १५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ३–० को जीत हासिल गर्दै बार्सिलोनाले यो सिजन एट्लेटिकोलाई पहिलोपटक घरेलु मैदानमा हारको स्वाद चखाएको हो ।

खेलको ३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिगमा यो सिजन उनको यो छैटौँ गोल थियो । 

दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । ६५ औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।

जीतपछि जिरोनालाई उछिन्दै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । २९ खेलबाट बार्साको ६४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको चिर प्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ८ अङ्कले पछि छ । एट्लेटिको ५५ अङ्कसहित लिगको पाँचौँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप