नेसपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) को केन्द्रीय समिति बैठक बिहान ११ बजे जडीबुटीमा बस्ने भएको छ । पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले बताए ।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।
‘केन्द्रीय कार्यकारिणी समितिले तय गरेका एजेण्डाको विषयमा निर्णय लिन केन्द्रीय समिति बैठक बोलाइएको हो । पार्टी विधान, विधि र प्रक्रियाविपरित गतिविधि गर्ने नेताहरूको जिम्मेवारी मुक्त, महाधिवेशनको तयारी, संगठन विस्तार लगायत विषयमा निर्णय हुन्छ’, उनले भने ।
शनिवार महिन्द्र पक्षीय नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण