नेसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) को केन्द्रीय समिति बैठक बिहान ११ बजे जडीबुटीमा बस्ने भएको छ । पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले बताए ।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।
‘केन्द्रीय कार्यकारिणी समितिले तय गरेका एजेण्डाको विषयमा निर्णय लिन केन्द्रीय समिति बैठक बोलाइएको हो । पार्टी विधान, विधि र प्रक्रियाविपरित गतिविधि गर्ने नेताहरूको जिम्मेवारी मुक्त, महाधिवेशनको तयारी, संगठन विस्तार लगायत विषयमा निर्णय हुन्छ’, उनले भने ।
शनिवार महिन्द्र पक्षीय नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित