सुन तस्करी प्रकरण
भैरहवा विमानस्थलमा विप्लवसँग महराको जम्काभेट
सोमबार, ०५ चैत २०८०, १७ : ४२
काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ पछि काठमाडौँ ल्याइएको छ । रुपन्देहीबाट पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको हो ।
जसअनुसार प्रहरी नियन्त्रणमा रहेका महराको भैरहवा विमानस्थलमा नेकपाका महासचिव विप्लवसँग जम्काभेट भएको छ । विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेका र प्रहरी नियन्त्रणमा रहेका महरासँग उनको जम्काभेट भएको हो । सो क्रममा विप्लवले महराबारे चासो समेत राखेका थिए । महरा र विप्लव विगतमा एकै पार्टीमा थिए भने उनीहरुबीच गुरुचेलाको सम्बन्ध छ ।
विप्लवको सचिवालयका अडिगबहादुर बोगटीले महरा र विप्लव बिच विमानस्थलमा जम्काभेट भएको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण