सार्क र विमस्टेक एक अर्कामा निषेध गर्नेजस्तो देखिएको छ, हामी जोगिनुपर्दछ : योगेश भट्टराई (भिडियो सहित)
सोमबार, ०५ चैत २०८०, १३ : ५८

काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले सार्क र विमस्टेकलाई सँगसँगै अघि बढाउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद भट्टराईले सार्क र विमस्टेक एक अर्कामा निषेध गर्ने ढङ्गले आएको भन्दै त्यसो गर्न नहुने बताएका हुन् ।
‘सार्क र विमस्टेक एक अर्कामा निषेध गर्नेजस्तो ढङ्गले आएको छ । यसमा हामी जोगिनुपर्दछ’, भट्टराईले भने, ‘भूराजनीतिक जटिलता, सङ्घर्ष र तनावहरू दक्षिण एसियामा जसरी उत्पन्न भइरहेका छन् । यी तनावहरूबाट मुक्त हुँदै नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा आफ्नो संलग्नता देखाएको छ । यसबाट आर्थिक लगायत अन्य प्रगतिमा अघि बढाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
-
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता