आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम पक्षले जिम्मेवारी मुक्त गरेपछि महिन्द्र पक्षले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

सोमबार, ०५ चैत २०८०, २० : १९
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) मा अध्यक्ष डा बाबुराम भट्टराई पक्षले माओवादी केन्द्रसँग एकता प्रक्रियामा जाने नेताहरूलाई पदमुक्त गरेपछि अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले आकस्मिक बैठक बोलाएका छन् ।

सोमबार बसेको नेसपाको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरूलाई पदमुक्त गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै महिन्द्र पक्षले मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने महासचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप